महेन्द्र क्याम्पसको होस्टेलमा बस्ने बिद्यार्थीलाई गरियो राहत वितरण

नेपालगन्ज, बाँकेको महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने बिद्यार्थीलाई राहत वितरण गरिएको छ ।नेपाल कम्युनिस्ट पार्टी(माओबादी केन्द्र) निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी इकाई कमीटीद्धारा राहत वितरण गरिएको हो ।

निषेधाज्ञाको समयमा होस्टेलमा बसिरहेका करिब २५ जना बिद्यार्थीहरूलाई चामल, दाल र तेल राहत स्वरूप वितरण गरिएको संगठनका इकाई संयोजक महेश एेरीले जानकारी दिएका छन ।

मध्य तथा शुदुर पश्चिमका दुर्गम पहाडी जिल्लाबाट पढनको लागी महेन्द्र बहुमुखी क्याम्पसमा आएर कोरोना महामारीलो कारण भएको लकडाउनले बिद्यार्थीलाई पर्न गएको समस्यालाई मध्यनजर गर्दै राहत वितरण गरिएको इकाई संयोजक एेरीले जानकारी दिए । उनले क्यापसमा विद्यार्थीलाई कुनै पनि किसिमको समस्या परे आफ्नो सम्पर्क नम्बर ९८४८८३२२८३ मा सम्पर्क गर्न सकिने पनि जानकारी दिए ।

अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य राजेन्द्र बिष्ट, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश स्वयंसेवक बिभाग संयोजक बिनोद बराल र स्वयंसेवक बिभाग का सह-सयोजक पबन शर्मा लगायत उपलब्ध बिद्यार्थी नेताहरुको उपस्थितिमा विद्यार्थीहरूलाई राहात वितरण गरिएको बताइएको छ ।