नेता सुर्य ढकाल एमालेबाट निस्कासित

कोहलपुर, नेकपा एमाले बाँकेका नेता सुर्य ढकाललाई कारबाही गरिएको छ । एमालेका बाँके जिल्ला सचिवालय सदस्य समेत रहेका नेता ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।नेता ढकालले निर्वाचित नेतृत्व र कमिटीलाई बेवास्ता गर्दै पार्टी विधि, विधान, पद्धति र आचरण विपरित आफुलाई अध्यक्ष स्वघोषणा गरी पार्टीमा समानान्तर गतिविधी गरेको आरोप छ । साथै उनले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको र पार्टीको लेटर प्याड, छाप, झण्डाको समेत दुरुपयोग गरेको कारबाही गरिएको बताइएको छ ।

जेष्ठ २४ गते २४ घण्टे स्पष्टिकरण सोधिएकोमा त्यसको कुनै जवाफ नआएपछि पार्टीको विधान तथा नियमावलीमा भएको व्यवस्था अनुसार कारबाही गरीएको एमाले बाँकेले जनाएको छ ।

नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जेठ २४ गते नेता ढकाललाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए । निर्धारित समयभित्र स्पष्टिकरण नदिएको भन्दै ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी एक बर्षका लागि निलम्बन गरीएको हो ।

नेता ढकाल एमाले बाँकेका प्रभावसाली नेता मध्यका एक हुन् । उनी सत्तारूढ एमाले ओलि समुह तिरका बलिया खम्बा मानिन्छन । उनीलाई पार्टीको ७ औं जिल्ला अधिवेशनमा पार्टी सचिव रत्न खत्रीले पराजित गरेका थिए ।