कोरोना महामारीको बेला समस्यामा परेका परिवारलाई माओवादी केन्द्रद्धारा राहत वितरण

नेपालगन्ज, कोभिड-१९ महामारीको समयमा रोजगार बिहिन भएर जीवन गुजारा चलाउन समस्यामा परेका नेपालगन्जका विपन्न परिवारलाई माओवादी केन्द्रले राहत वितरण गरेको छ । महामारी समयमा समस्यामा परेका करिव १ सय ५० विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।राहत वितरणको दोस्रो दिन शुक्रबार माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीद्धारा वडा नं. १ देखी ७ सम्मका करिव १ सय ५० विपन्न परिवारलाई राहत स्वरूप चामल, दाल लगायतका दैनिक उपभोग्य बस्तु तथा स्वास्थ सामग्री उपलब्ध गरिएको माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष तथा कोरोना राहत कोषका संयोजक डिल्ली बरालले जानकारी दिए । राहत अभियानलाई नेपालगन्ज उपमहानगरका २३ वटै वडाहरूमा लगिने पनि संयोजक बरालले जानकारी दिएका छन ।बिहिवार पनि माओबादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ र २० का एक सय बढी परिवारलाई राहत वितरण गरेको थियो ।राहत वितरण कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य अक्कल बहादुर बम, विशेष अथिती नबिन शर्मा, नेपालगन्ज उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष नन्दलाल बैस्य, विद्यार्थी नेता धर्मराज न्यौपाने, जिल्ला कमिटी सदस्य बसन्त मल्ल लगायतको उपस्थिती रहेको थियो ।