कोरोना महामारीबाट ग्रसित विपन्न परिवारलाई राहत वितरण

नेपालगन्ज, कोरोना महामारीबाट ग्रसित विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना महामारीबाट सबै भन्दा बढी ग्रसित बाँके जिल्ला त्यसमा पनि नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका वडाहरूमा करिव एक सय बढी परिवारलाई राहत वितरण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगन्ज उप-महानगरपालिका कमिटीद्धारा नगरका वडा नं. १९ र २० करिब १ सय भन्दा भन्दा बढी बिपन्न परिवारलाई राहत वितरण गरिएको छ । जसममा प्रतिपरिवार १ बोरा चामल, नुन, स्वास्थ्य सामाग्रीहरू मास्क, स्यानिटाइजर लगायत वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रमको प्रमुख अतिथीको रूपमा माओवादी केन्द्रका युवा नेता तथा लुम्बिनी प्रदेश कमिटी सदस्य अक्कल बहादुर बम ‘रबिन्द्र’ रहनु भएको थियो । साथै विशेष अतिथी लुम्बिनी प्रदेश कमिटी सदस्य नबिन शर्मा रहनु भएको थियो । अन्य अथितीहरूमा नेपालगन्ज कोरोना राहत कोषका संयोजक तथा माओवादी केन्द्र नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली बराल ‘अमीर’, बाँके जिल्ला सचिवालय सदस्य रतन बहादुर शाही, सचिवालय सदस्य महिला नेतृ मनिषा चदारा, जिल्ला कमिटी सदस्य बसन्त मल्ल, नेपालगन्जको युवा व्यावसायी दिपेन्द्र बिष्ट लगायत नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका २३ वटै वडाका बिपन्न परिवारलाई पनि निरन्तर राहत वितरण गरिने बताइएको छ ।