अखिल क्रान्तिकारी महेन्द्र बहुमुखीको संयोजकमा महेश ऐरी चयन

नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसको संयोजकमा महेश ऐरीलाई चयन गरिएको छ ।

संगठनको महेन्द्र बहुमुखी क्यापसका पुर्व संयोजक धुर्व जोशीलाई संगठनले कारबाही गरेकोले रिक्त पदमा नियमित कामकाज सन्चालनका लागि भन्दै महेश ऐरीलाई संयोजकको जिम्मेवारी तोकिएको बताइएको छ ।

संगठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह-इन्चार्ज मोहबद फारूक गुजरले नेता ऐरीलाई संयोजकको जिम्मेवारी तोकिएको पत्रमार्फत जानकारी दिएका हुन ।

महेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्यानरत शुदुरपश्चिमको वैतडी घर भएका ऐरी एमहेन्द्र बहुमुखी क्याम्पसमा इमानदार तथा प्रभावसाली विद्यार्थी नेता मध्यमा पर्छन ।

संगठनले आफुलाई विश्वास गरेर नै महेन्द्र बहुमुखी क्याम्पसको जिम्मेवारी दिएको बताउदै उनले उक्त जिम्मेवारीलाई कुशलतापुर्वक रूपमा निर्वाह गर्न कुनै पनि कसर बाकी नराख्ने पनि नेता ऐरीले जानकारी दिए ।

यस्तो छ पत्र