प्रदेश २ सरकारमा काँग्रेस सहभागी हुँदै

आजै शपथ

जनकपुरधाम, प्रदेश २ सरकारले नेपाली काँग्रेससँग सत्ता सहकार्यको लागि सहमति गरेको छ । मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच सहमति भएको हो । सहमतिअनुसार काँग्रेस तीन मन्त्री र तीन राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो ।

रामसरोज यादव भौतिक पूर्वाधार तथा विकास,ओम प्रकाश शर्मालाई उर्जा र खानेपानी र विरेन्द्र सिंहलाई महिला बालबालिका तथा खेलकुद मन्त्रालय दिने सहमति भएको छ ।

राज्य मन्त्रीको टुङ्गो लागेको छैन् । तर, साँढे ७ बजे नै नवनियुक्त मन्त्रीहरुले शपथग्रहणको कार्यक्रम राखिएको आन्तिरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

माओवादी केन्द्रसँग भने सरकारमा सहभागिताका विषयमा सहमति हुन सकेको छैन् । विहीबार माओवादीलाई पनि सरकारमा सहभागी गराउने सरकारको तयारी छ ।