जंगली च्याउ खाँदा दुईको मृत्यु

इलाम, जंगली च्याउ खाएर इलाममा दुईजनाको ज्यान गएको छ । सन्दकपुर गाउँपालिका १ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र सोहि स्थानका ५२ वर्षीय जितबहादुर राईको ज्यान गएको हो ।

गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जनामध्ये उपचारकै क्रममा झापाको बिएण्डसी अस्पतालमा उनीहरुको निधन भएको प्रहरीले जनाएको छ ।

जंगली च्याउ खाँदा इलाम नगरपालिका ३ पुवामझुवाका ३५ वर्षीय वीरमान राई, उनकी श्रीमती ३२ वर्षीय बिष्णुकुमारी राई समेत बिरामी भई बीएण्डसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।