जनक चन्द(ॠतु)को एक गजल

गजल


भोको पेट भरिदैन आँसु जत्ति खाए पनि,
साहुले चामल दिएन रोए पनि कराए पनि।

काग लाई बेल पाकेझै भयो उल्लास भएन,
गाउँमा गाडी आए पनि ट्याक्टर आए पनि।

उस्ले गहना किनेर लियो मलाई ज्वरो आयो,
मैले केही भेटाईना सिंदुर किन्ने उपाए पनि।

अभाबले रमाईलो पनि यसरी गराई दिन्छन,
छोरा भोलि खाउला पर्खी भनी पर्खाए पनि।

तिमिलाई पाउ सम्झिन नपरोस यत्ती चाह छ,
मेरो दुस्मन भयौ आफन्त होइनौ फसाए पनि।

अगाडि बाट हिर्कानु भो गर्भ गर्छु तपाईं सङ्ग,
भाईले पछाडि हिर्कायो छातिमा सजाए पनि।

म मरे भने बिर्षनेमा एक नम्बरमा तिमी पर्छौ,
एउटि आमा हुन नबिर्षिने सालिक बनाए पनि।
जनक चन्द (ॠतु)
कुसे ५ ढिमे, जाजरकोट