बारेकोटका वडाध्यक्षद्वारा दलित युवालाई हातपातको प्रयास

जाजरकोट,बारेकोट गाँउपालिका वडा नं-६ का वडाध्यक्ष तिले महताराले एक दलित युवालाई हातपातको प्रयास तथा गालिगलौज गरेका छन्।सोमबार वडाध्यक्ष महताराले सोही वडाका दलित युवा डम्बर विस्वकर्मा माथी हातपात प्रयास तथा ज्यान मार्ने धम्की दिएका हुन्।

बेलुका ५ः३० बजे कार्किज्युला भन्ने ठाउँमा अध्यक्ष महताराको घर नजिकै काठको साधन(मुसल) उठाएर युवा विश्वकर्मालाई प्रहार गर्न तम्सिएको र स्थानियले रोकेर आफु जोगिएको पिडित डम्बर वि कले बताए।वडाको बिकास निर्माणको कामदेखी,योजना तर्जुमा र सार्वजनिक सम्पतिको बिषयमा आवाज उठाएदेखी हातपातको प्रयास गरिएको स्थानियको भनाई रहेको छ।

वाढि पिडितको विषयमा बोल्दा समेत आफुलाई अछुत,पानीनचल्ने,डुम जस्ता निच,अपाच्य शब्दहरुको समेत प्रयोग गरेको तर पनि चुपलाग्नु पर्ने अवस्था रहेको पीडित डम्बर वि कको भनाइ रहेको छ।वडामा हुने सार्वजनिक महत्व,योजना तर्जुमा छनोट,आयोजनाका कामहरुमा समेत एकलौटी ढङ्गले कसैलाई जानकारी नगराउने गरेकोले सिंगो दलित बस्तीनै मारमा रहेको त्यहाँका दलित समुदायको गुनासो रहेको छ।

राज्यको जिम्मेवार व्यक्तिबाट यस्तो हर्कत हुनु खेदजनक छ।सम्वन्धित निकायको ध्यान तत्काल जान जरुरी देखिन्छ।