राउटेको कानुनः जघन्य अपराध गरेपनि जरिवाना तिरे माफि

सुर्खेत,राउटे समुदायको आफ्नै अलिखित कानुन रहेको हुन्छ।उनिहरुको समुदायमा जन्म,विवाह तथा मृत्यु सम्बन्धि आफ्नै कानुन निर्माण गरि प्रचलनमा ल्याएका छन्।परापुर्वकाल देखिनै आफ्नो समुदायमा मुखियालाई प्रमुख व्यक्तिको रुपमा मान्दै आएका राउटे समुदाय सोझा र ईमान्दार स्वभावका देखिन्छन्।राउटे समुदायको कानून बारे जानकारहरूका लागि आइतबारदेखि एउटा ठूलो डर पैदा भएको देखिन्छ।

आइतबार बिहानै राउटे युवतीहरूमाथि गुर्भाकोट नगरपालिका सुर्खेतका केही युवाहरूले यौन दुर्व्यवहार गरेको घटना सामाजिक संन्जालमा सार्वजनिक भएको थियो।राउटे समुदाय सम्वन्धी जानकार कर्णालीका पत्रकार भक्त शाही भन्छन्।”केहिदिनदेखि संचारमाध्यममा आएको जस्तो घटना राउटे समुदायमा विगतमा कुनैपनि भएका छैनन्। बिगतका दिनमा राउटेले सुत्केरी महिलाको हत्या गरेको भन्ने घटना अहिलेसम्म भएका छैनन्। शाहीले भने बजार हल्ला सुनेकै भरमा समाचार आउनु न्याय संगत छैन। राउटे पक्ष आक्रोशमा आएपनि माफि दिने प्रचलन रहेको र उनिहरुले पंचायति शैलिमा उनिहरुको माग बमोजिम पिडकले जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ।”

उनिहरुपनि चेतनशिल छन्।अप्रिय निणर्य कहिले गर्दैनन। पीडितहरुको सुरक्षामा सरकार चनाखो हुनु सकरात्मक पक्ष हो।तर संचारमाध्यममा आएको जस्तो उनिहरुको आफ्नो कानुन नभएको शाहीले बताए।उनिहरु आवेगमा मात्र आउदैन विवेकपुर्ण काम पनि गर्छन। राउटेको जस्तो भावना गैरराउटे संग छैन। राउटे बस्तिमा महिला हिंसा हुदैन।

महिलालाई उच्च दर्जाकोरुपमा राखिन्छ। राउटेमा बालहिंसा महिला हिंसा मान्य हुदैन।राउटे युवतीमाथी दुव्र्यवहार गर्ने तिनजना आरोपि अहिले प्रहरीको नियन्त्रणमा छन्। घटनाको अनुसन्धान भईरहेको छ। आरोपित तिनजना विरुद्ध किटानी जाहेरी समेत दिईसकेका छन्।