देउवा,प्रचण्ड र नेपालबीच बुढानिलकण्ठमा छलफल जारी

काठमाडौं,विपक्षी गठबन्धनका शिर्ष नेताहरु छलफलमा जुटेका छन्।नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपाल बुढानिलकण्ठमा छलफलमा जुटेका हुन्।

अहिले तीन नेताबीच छलफल जारी रहेको छ।प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित रिटमा प्रयोग भएको नेपाल पक्षका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि तीन नेताहरु छलफलमा जुटेको स्रोतले बतायो।

यसअघि प्रचण्ड र नेपाल, प्रचण्ड र देउवाबीच वार्ता भएको थियो ।