शर्त मानेर एकता सम्भव छैन,हस्ताक्षर फिर्ता हुँदैनः नेपाल पक्ष

काठमाडौं,नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष केपी शर्मा ओलीले राखेको शर्त स्वीकार गरेर एकता नहुने निष्कर्षमा नेपाल पक्ष पुगेको छ।

सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे आइतबार साँझ प्रस्ताव गरिएको प्रस्ताव चालबाजी मात्रै हो भएको निष्कर्ष निकालेको नेता युवराज ज्ञवालीले जानकारी दिएका छन्।‘शर्त मानेर एकता सम्भव छैन, लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन।

पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरिएको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेको आधारमा पार्टी एकता हुन्छ ।’ ज्ञवालीले भने।सो पक्षले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ।