माधव नेपाल र देउवासँग प्रचण्डको भेटबार्ता

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटबार्ता गरेका छन्।

सोमबार दिउँसो सवा ११ बजे माधवकुमार नेपाललाई उनकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उनी निकट स्रोतले जनाएको छ।उनले नेता नेपालसँग करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको स्रोतको भनाइ छ।

नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल गरेको स्रोतको दावी छ।