बोगटीलाई क्याविनेट मंन्त्री वनाउन एमाले कर्णालीको माग

सुर्खेत,मुलुकमा निर्बाचनकी संसद् पुर्नस्थापना भन्ने बहस चर्किरहेको बेला प्रधानमन्त्री केपि शर्मा ओलिले जनता समाजबादी पार्टीलाइ समेट्दै मन्त्रीपरिषद् ब्यापक हेरेफेर गरेपछी मन्त्री बन्नेहरुको चर्चा फेरि एकपटक कर्णालीमा चुलिएको छ। कर्णालीले मंन्त्री पाउला कि नपाउला भन्ने बहस चर्किरहेको छ।यो भन्दा पहिलापनि पटक पटक मन्त्रीपरिषद् हेरेफेर हुँदा कर्णाली प्रदेशले क्याबिनेट मन्त्री नपाएको र दुई पटक राज्यमन्त्रीमा मात्रै सिमित भएका कारण यो पटक कर्णाली ले क्याबिनेट मन्त्रीनै पाउन सक्ने चर्चा एमालेका आम कार्यकर्तादेखि नेतृत्व कर्तासम्म चल्न थालेको छ।

माधब समुहका केही कार्यकर्ता फर्किन सक्ने र बिगतमा अबसर नपाएका,पार्टीको काममा निरन्तर कृयासिल ढंगले खटिएका केही सिनियर नेतालाई समेट्नकै लागि प्रधानमन्त्री ओलिले सात मंन्त्रालय आफै सङ्ग राखेका छ्न्।यसैबिच प्रधानमन्त्री ओलीले अब गर्ने मन्त्रीपरिषद् बिस्तारका क्रममा बाकिँ रहेका मंन्त्रालयमध्य कर्णाली प्रदेशले मंन्त्री पाउनुपर्ने आवाज तिब्र रुपमा उठिरहेको बेला यदि कर्णालीले क्याबिनेट मंन्त्रालय पाएमा कस्ले मौका पाउला भन्ने कुरा चासोका साथ हेरियको छ।एमाले निकट उच्च स्रोतका अनुसार अब यदि कर्णाली प्रदेशबाट क्याबिनेट मंन्त्री बनाइएमा पार्टी प्रदेश कमिटी अध्यक्ष गोरख बहादुर बोगटीको उच्च सम्भावना भएको चर्चा चलिरहेको छ।

बालुवाटार निकट स्रोतका अनुसार कर्णालीमा एमालेको स्थापना कालदेखि पार्टी संस्थापक रहि अहिलेसम्म बारम्बार पार्टीलाई मुस्किल अबस्थामा पनि कुसल नेतृत्व प्रदान गरेको र पार्टी नीति विधि बिधानलाई कडाइका साथ पालना गर्ने गराउने बोगटीको शैली, सादकी जीवनबाट पार्टी नेतृत्वको उनिप्रति सहानुभूति रहेको छ।कर्णालीबाट सबैभन्दा सिनियर,अहिलेसम्म पार्टीबाट कुनैपनी संबैधानिक लाभ नलिएका,कुनैपनी बिबादास्पद काममा नमुछिएका आम जनता कार्यकर्ता माझ इमानदार नेताको छवि बनाएका नेता बोगटी ४६ सालको जनअन्दोलदेखि नै मालेमाका सक्रिय नेता हुन।

माले र मोनमोहनले नेतृत्व गरेको नेकपा माक्र्सबादी बिचको एकताबाट एमाले बनेदेखी कर्णालीको पार्टी नेतृत्वमा रहेका छ्न्।मुलुकमा बहुदलीय ब्यबस्थाको लागि आन्दोलन चर्कियपछी स्थाइ शिक्षकबाट राजीनामा दिएर राजनितिमा होमिएका बोगटि ५६ को निर्बाचनमा हुम्लाबाट बिजय भएका थिए हाल नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष समेत रहेका बोगटी निकट स्रोतका अनुसार अहिले कर्णालीले क्याबिनेटमा राम्रो स्थान पाउनुपर्ने माग सहित त्यसका लागि बोगटीलाई अगाडि सारेर कर्णालीका नेता कर्याकर्ताहरुले माग र पहल गरिरहेका छ्न।

गत निर्बाचनमा कर्णाली प्रदेश सभामा पार्टीलाई एक्लै बहुमतमा पुगाउन महत्त्वपूर्ण नेतृत्वदायी भुमिका खेलेका बोगटीलाइ यो पटक जसरी पनि मन्त्री बनाउनु पर्ने कर्णालीको एमाले पार्टिको माग रहेको छ । नेता कार्यकर्ताको माग बोमजिम पार्टी भित्र बाहिर मन्त्री बन्ने चर्चा चलेपनि बोगटी स्वयंम मन्त्री बन्छु भनेर लभिङमा नलागेको र यदि पार्टीले अबसर दिएमा भने पछाडि नहट्ने मनसाहेमा रहेको उनी निकट स्रोतले बताएको छ ।