संवैधानिक इजलास स्थगित

काठमाडौं,संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ।सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ हुनेछैन।संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन।

यद्यपि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक भइरहेका छन्। तर स्वास्थ्यमा कस्तो खालको समस्या हो भन्ने थाहा हुन सकेको छैन।सर्वोच्च अदालत प्रशासन स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशको स्वास्थ्य गडबड भएको भन्ने हल्ला हामीले पनि सुनेका छौं। तर विस्तृतमा थाहा छैन।’संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन्।

इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन्।तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानुनी सल्लाहकार रहने महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए।

दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई संसद विघटनको मुद्दा सुनुवाइ गर्ने संवैधानिक इजलासमा राख्न नहुने बताएका छन्।आइतबार सरकारी पक्षबाट यो माग उठेपछि प्रधान्यायाधीश राणाले मानहानीको मुद्दा चलाउने चेतावनी दिएका थिए।