कर्णालीमा कांग्रेसका दुई मन्त्रीले लिए सपथ

सुर्खेत,कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठले शपथ लिएका हुन्।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले सोमबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। दुवै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन्।वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी भएको हो।

२०७४ सालयता नेपाली कांग्रेसले कर्णालीबाट पहिलोपटक सत्तारोहण सुरु गरेको छ।पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।