दुर्व्यवहारको सिकार भएकी “सम्झना” को हुन्

सुर्खेत,लोपोन्मुख राउटे समुदायमा जन्मिएकी सम्झना केहि समय यता सामाजिक संन्जालमा एकाएक चर्चामा आएकी थिईन। फेसबुक,टिकटक तथा युटुवमा उनलाई दर्सकले अत्यन्त मन पराएका थिए। सामाजिक संन्जालभरी सम्झनाको रुपको चर्चा भएको थियो। उनको भिडियो खिच्नको लागि दैनिक राउटे वस्तीमा भिडनै लाग्ने गरेको थियो। अझ त पछिल्लो समय उनिसंग टिकटक वनाउनेको लर्कोनै लाग्ने गरेको पाइन्थ्याे।

जहाँ देख्यो त्यही टिकटक वनाउन तम्सीहाल्थे।सम्झना लगायत राउटे समुदायकी युवतीहरु सोझा र ईमान्दार थिए। केही व्यक्तिहरुले सोही सोझोपन तथा ईमान्दारीताको फाईदा उठाएका छन्।र एक होटेलमा लगेर राउटे समुदायका दुईजना युवतीमाथि दुर्व्यवहार गरेका छन्।

कसरी भएको थियो दुर्व्यवहार

टिकटक वनाउन भन्दै होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। हाल युवतीमाथि दुव्यवहार गर्ने तिनजना प्रहरीको नियन्त्रणमा रहेका छन्।यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले वताए।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-९ बोटेचौर सुर्खेतका २९ वर्षीय विनोद पुन,सोही ठाउँका ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढा रहेका प्रहरीले जानकारी दिएको छ।एकजना पुन थरका व्यक्तिभने होटल सञ्चालक रहेका छन। उनको होटलमा उनीसहित तीनजना युवाले राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अर्धनग्न भएर भिडिओ बनाएका थिए।भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन् । ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएका छन्। यतिमात्रै होइन एकजना व्यक्तिले जबरजस्ती चुम्बनसमेत गरेको भिडियोमा देखिन्छ।उनीहरूलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए।

पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल बनाइएका राउटे समुदायका युवतीहरूमाथि दुर्व्यवहार हुन थालेको हो।यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय हाल गुर्भाकोट नगरपालिका-११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन्।