मुस्लिम समाजद्वारा प्रहरीलाई मास्क तथा खाजा वितरण

इरफान अलि

नेपालगन्ज, नेपालगञ्ज मुस्लिम समाजद्वारा डिउटीमा खटिएका प्रहरीलाई निशुल्क मास्क तथा खाजा वितरण गरिएको छ । कोरोना महामारीमा दिनरात जनताको सेवा गर्दै आएका प्रहरीहरुको मनोबल उच्च राख्न मास्क, खाजा र पानी बितरण गरिएको हो ।नेपालगञ्जको धम्भोजी चोक स्थित टन्टलापुर घाममा खटिएका प्रहरीलाई मुस्लिम समाजले गरेको मानवीय कार्यले प्रहरीहरुको मनोबल उच्च हुनुको साथै समाजमा सकारात्मक सोचको विकास हुने मुस्लिम समाजले बताएको छ ।

समाजले यस अघिका दिनहरूमा पनि नेपालगन्जका विभिन्न समुदाय टोलमा गएर चामल, पिठो, चिनी, दाल, नुन, खाने तेल लगायतका दैनिक उपभोग्य बस्तुहरू बाडदै आएको थियो ।

कोरोना महामारीमा रोजगारी गुमाएका नागरिकहरुको घरमा दैनिक जिवनयापन गर्न समस्या हुने भएकोले खाद्यान्न सहयोग गरिएको नेपालगन्ज मुस्लिम समाजका अध्यक्ष हकिम हल्वाईले बताएका छन ।

उनले महामारीको समयमा दैनिक जिवनयापन गर्न समस्या परेका नागरिकहरूलाई निरन्तर राहत सामग्री वितरण गर्ने प्रतिबद्धता समेत जाहेर गरे । साथै उनले जुनसुकै समुदायको पीडित, गरीब, असाहायहरुलाई सहयोगको लागि नेपाल मुस्लिम समाजलाई जुनसुकै समयमा सम्पर्क सकिने पनि जानकारी दिएका छन ।