२४ घण्टामा ६ हजार ८ सय ९८ जना डिस्चार्ज

५ हजार २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ पुगेको छ । क्वारेन्टाइनमा ७२५ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।