विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन
प्रकासित मिति : २०७८ जेष्ठ १८, मंगलवार २०:५३
प्रकासित समय : २०:५३
काठमाडौँ, विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताए ।
केहीदिन अघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।
कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।
बुढानिलकण्ठ स्कुलबाट उच्च शिक्षा हासिल गरेका उनी खगोल तथा भोतिक विज्ञान अध्ययनका लागि भनेर अमेरिका गएका थिए ।