मेची राजमार्गमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

ताप्लेजुङ, झापाको बिर्तामोडबाट ताप्लेजुङ आउँदै गरेको प्रदेश नम्बर १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स मेची राजमार्गमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ । एम्बुुलेन्समा सवार दुई जना घाइते भएका छन् ।दुर्घटनामा परी पाँचथर याङवरक गाउँपालिका–२ की ५० वर्षीया ममता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनी झापामा उपचार गरेर फर्कंदै थिइन् ।

घाइते भएका याङवरककै हेमन सुब्बा र ताप्लेजुङ सिदिङवाका डोडकुमार राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एम्बुलेन्स सोमबार बिहान २ बजे सडकबाट खसेको थियो । उक्त एम्बुलेन्स पाथीभरा सेवा समाजद्वारा सञ्चालित थियो । दुर्घटनामा चालक वीरेन्द्र धिताल सामान्य घाइते रहेको र उनलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।