बुढानिलकण्ठमा विपक्षी गठबन्धनकाे बैठक

काठमाडौं, कामचलाउ सरकारले अध्यादेशमार्फत् पूर्ण बजेट ल्याएपछि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा परेको रिटमाथि आजैदेखि बहस हुने विषयमा समेत छलफल हुनेछ । समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

बैठकमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सचेतक पुष्पा भुषाल र राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारी सहभागी छन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा र देव गुरुङ छन् । यस्तै, नेता माधवकुमार नेपाल र भीम रावल तथा जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।