आईपीएलका बाँकी खेलहरू यूएईमा

एजेन्सी, इन्डियन प्रिमियर लिग २०२१ का बाँकी खेल यूएईमा सेप्टेम्बर र अक्टोबरबीच हुने भएको छ ।ट्वान्टी–ट्वान्टी क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता मे ४ मा रोकिएको थियो ।

प्रतियोगितामा सहभागी केही खेलाडी र प्रशिक्षक कोरोना भाइरसबाट संक्रमित भएपछि खेल रोकिएको थियो । अब भारतमा मनसुन सुरु हुने हुनाले प्रतियोगिताका आयोजकले खेल यूएईमा सारेका हुन् ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले प्रतियोगिताका बाँकी खेल फेरि सुरु गर्ने एकमतले निर्णय भएको जनाएको छ । प्रतियोगितामा ३१ खेल हुन बाँकी छन् । यी सबै खेल व्यस्त अन्तर्राष्ट्रिय तालिकाबीच हुनेछ ।