भेरी अस्पतालका स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार खेदजनक

घटनाको तथ्यपरक छानविन गरी दोषि माथी कडा कार्बाही गर्न माग

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि गरिएको दुब्र्यवहार प्रति खेद प्रकट गरेको छ ।शुक्रबार पार्टीको तर्फबाट बाँके जिल्ला सेक्रेटरी अनिलले एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालको कोभिड आईसोलेसन वार्डमा खटिएका स्वास्थ्यकर्मी माथी केही व्यक्तिहरूद्धारा गरिएको दुब्र्यवहार प्रति खेद प्रकट गरेका हुन ।

पार्टी सेक्रेटरी अनिलद्धारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भेरी अस्पतालको कोभिड आईसोलेसन वार्डमा ०७८ जेठ १३ गते स्वास्थ्यकर्मीहरुको लापर्बाहीका कारण आफन्तको मृत्य भएको भन्ने विषय लिएर केही व्यक्तिहरुबाट स्वास्थ्यकर्मीहरु माथी गरिएको दुब्र्यवहार प्रति हाम्रो पार्टी खेद प्रकट गर्दछ ।’

साथै उनले महामारीको यो संकटपूर्ण घडिमा राज्यको नितिगत कमजोरीका कारण पहुँच र पैशा हुने कतिपय व्यक्तिहरुले घरबाटै अक्सिजन बोकेर लिने तथा अस्पतालमा सम्भव सुविधाको पनी राम्रैसँग उपयोग गर्ने तर पहुँच र पैशा नहुने सर्वसाधारण जनता स्वास्थ्य सुविधाको ‘समान अधिकारबाट’ बञ्चित हुनुपरेका र ज्यान गुमाउनु परेका कैयौं घटनाहरु बेलाबखत सार्वजनिक भैरहेका छन् । यसखाले परिघटनाहरुले कहिलेकाही जनतामा आक्रोस पैदा गर्ने र त्यसको समेत अपजस स्वास्थ्यकर्मीहरुले ब्यहोर्नु परिरहेको छ ।’

विज्ञप्तिको अन्तमा भनिएको छ ‘कोभिड महामारीले सिंगो देश आक्रान्त भैरहेको यो बेला महामारीका बिरुद्ध अग्रपंक्तिमा रहेर सिमित स्रोत–साधनको बलमा ज्यानको बाजी थापेर स्वास्थ्यकर्मिहरु लडिरहेका छन् । त्यस प्रकारको समर्पणप्रती पार्टी उच्च सम्मान व्यक्त गर्दै भेरी अस्पतालमा हुन गएको घटनाको तथ्यपरक छानविन गरी दोषि माथी कडा कार्बाही गर्न हाम्रो पार्टी सम्बन्धित सम्पूर्ण निकायहरुको गम्भिर ध्यानाकर्षण गर्दछ ।’

यस्तो छ विज्ञप्ति