“कुट तिमी”

कविता

कहिले नर्सलाई कुट
कहिले डाक्टरलाई कुट
कहिले गरिबलाई कुट
कहिले दलितलाई कुट
कहिले मजदुरलाई कुट
कहिले सुकुम्बासीलाई कुट
कुट तिमी कुट …बस् !

कहिले देश बनाउनेलाई कुट
कहिले देश बचाउनेलाई कुट
हे मुर्ख हो !
तिमी बलिया छौ
तिमी कुट्दै जाऊ,
हामी सहँदै जान्छौं
तिमी दमन गर्दै जाऊ
हामी मौन बस्छौँ
किनकि तिमी मालिकको भक्त हौ
कुट तिमि कुट …बस् कुट मात्र

बिरामीको सेवामा मग्न
विचरा ती नर्स र डाक्टरलाई नकुट
बरु, जाऊ सक्छौ भने
देश बेच्नेलाई कुट
राष्ट्र बन्धकी राख्नेलाई कुट
महाकाली बेच्नेलाई कुट
कालापानी बेच्नेलाई कुट
देशलाई फिजिकण गर्नेलाई कुट
भ्रष्टचारीहरूलाई कुट
कमिसखोरहरूलाई कुट
कालोबजारी गर्नेलाई कुट
विचरा,
निर्दोष ती नर्स र डाक्टरलाई नकुट..

मलाई थाहा छ,
तिमी बलिया छौ
तिमि साइबर सेनाको रूपमा स्थापित पनि छौ
यो धर्ती नै बलियाहरूको रै’छ
बलियाका विरुद्ध बोले लान्छन् जेल
मान्छे नै मान्छेको दास भएको छ ।
यो धर्ती सोझाको भन्ने कहाँ छ र ?!
बलियाले गर्छन् रजाइँ
बोले कराए दिन्छन् सजाई
बलवान ती कुट्ने मालीकहरूमा दया हुँदैन
लाखौं लडेर बलिदान दिएपनी तिनिम मानवीय धर्म हुँदैन
भो मालिक बिन्ती छ
नकुट नकुटाउ सोझा मान्छेहरूलाई
आँशु नबगाऊ अर्थ हुँदैन
एक अर्कोलाई बुझ सघाउ
बिन्ती छ मालिक,
ती नर्सलाई नकुट…

ए हजुर ! दलाल व्यवस्थाको खेल फोहर छ
मन्त्रीकै लागी ओहरदोहोर छ
देशलाई बन्दी बनाइ रहेछन्
आफुलाई राष्ट्रवादी नेता भनी रहेछन्
जो सत्यको वकालत गर्छ उसलाई मराइरहेछन्
अनौठो छ यहाँ बेइमानी चलन
साँचो कुरा बोल्न चाहे पाइँदैन बोल्न
संविधान संविधान र समृद्धि भन्दै गा’छौ
हत्याहिंसा बढाएर जनताकै खुन खा’छौ

ए शासकहरू हो !
तिम्रो जिम्मा यही रहेछ जति सक्छौ मार
जनता मारी रजाइँ गर रुवाबासी पार
देशजति रोए पनि आफू हाँसेका छौ
गरिब झन् गरिब भएपनि तिमी धनी भा’छौ

आउँछ हुरि कुनै दिन होसियार बन
निस्किएर भाग्न सक्ने गरि खाडल खन
उठ अब युवापुस्ता नगर है ढिला
बुझ युवा,
सोच अब देशकै लागी भएपनि
कि नेपाल जे सुकै होस् भन
हैन भने,
कम्मर कसि जाग्नु पर्यो अब ।