२४ घण्टामा ६ हजार ७३१ मा कोरोना संक्रमण पुष्टि, ७ हजार २२६ जना निको

काठमाडौँ, २४ घण्टामा देशभर ६ हजार ७३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६ हजार ७३१ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

यस्तै, ७ हजार २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ पुगेको छ । क्वारेन्टाइनमा १ हजार ९ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।