प्रिय मित्र प्रज्वल महान बन्नुभयो

नेपालको ईतिहासमा माओवादी जनयुद्ध १० बर्ष सम्म चलेको सबै भन्दा ठूलो राजनितिक संघर्ष हो, जसमा झण्डै १७ हजार मानिसहरूको रगत बगेको छ । जनयुद्धको शुरुआत एकदमै स्पष्ट दृष्टिकोण सहित गरिएको थियो । जसमा जनवादी क्रान्ती सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने नै थियो ।

सहिद : प्रज्वल शाही

शान्तिप्रक्रियामा आइसकेपछी प्रचण्ड-बाबुरामहरूले माओवादी आन्दोलन, घाइते, अपांग सहिदहरूलाई भुले । उनिहरु नाताबाद, कृपाबाद, पैसा र बिदेशी इसारामा चल्न थाले । त्यत्रो संकल्प गरेको आन्दोलन माथी उनिहरुले हेर्दा हेर्दै धोका र गद्धारी गरे । वैज्ञानिक समाजवादी व्यवस्थाको बाटोलाई निषेध गरेर आज उनी दलाल संसदीय पुजीवादी व्यवस्था अगाल्न पुगेका छ्न । त्यै बाट समाजवाद ल्याउन झुठो अफवाह र भ्रम फैलाउँदै छ्न र क्रान्ति सम्पन्न नहुदै हतियार बिसाउनु भनेको आत्मसमर्पण र गद्धारी गर्नु हो, भन्ने प्रचण्ड-बाबुराम बिस्तारै बदलिदै गए त्यै अनुरुप कार्यकर्ता र जनसेना लाई झुठो भ्रममा फसाउदै गए । अहिले आएर सम्पुर्ण कम्युनिस्ट आदर्श त्यागेर दलाल संसदीय व्यवस्थाका रक्षाकवच बनेका छ्न ।

सहिदको सपनालाई पूरा गर्न महासचिव कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले एकृकित जनक्रान्तिको राको बोकेर रक्षानमा फालिएको सहिदको रगतले लत्पतिएको रक्तरंजित मुक्तिको लाल झण्डालाई उठाउदै धोकेवाज गद्धारहरुको नेस्तानामुद गर्दै लक्ष्य पथमा पुराइ छाड्ने शंखघोष भयो । नौजवान युवाहरु बिस्तारै आफ्ना व्यक्तिगत स्वार्थहरुको तिलाञ्जली दिदै सुसंगठित हुने र संघर्षको महाअभियानमा तुफानी ज्वारभाटा निर्माण गर्न मुक्ति र मृत्युको महांन बाटोमा सरिक हुन लाम लस्कर लाग्न थाले, जनतामा उत्साहको चमकहरु फर्कन थाले । सहिद तथा घाइते परिवारमा विस्वासको तरेलीहरु पलाउन थाले, र घाइते योद्धाहरुमा आफ्नो बलिदानमा गौरवको मनोभावना जाग्न थाल्यो भने गद्धार र धोकेवाजहरु सामाजिक पुजीवादी दलाल फाँसिस्ट संसदिय व्यवस्थाको रक्षाको लागी जनता र जनताको संघर्ष सुसंगठित र व्यवस्थित भएको देखेर अतालिन थाले । तर आन्दोलन झन मजबुद बन्दै थियो, त्यही आन्दोलनलाई सफल बनाउने महांसमरको यात्राको क्रममा हामी विद्यार्थी मोर्चाबाट आफ्नो भुमिका निर्वाह गर्दै थियौ।

म बाँके जिल्लाको नेतृत्वमा र मित्र प्रज्वल शाही उपत्यका सिटिइभिटी जिल्लाको नेतृत्वमा हुनुन्थ्यो। हँसिला र जोसिला युवक प्रिय मित्र प्रज्वल ! मानवीय स्वभाव त्यस्मा पनि हामी मालेमावादी वर्गीय चेतनाले लैस नयाँ चेतना र संस्कृती निमार्णको यात्रामा यात्रारत सिपाही हामीमा वर्गीय नाता र मायाले नछुने कुरै थिएन, छैन र हुदैन पनि । त्यही दिन देखीको हाम्रो सम्बन्ध प्रगाढ बन्दै गयो । त्यसपछि हामी आन्दोलनका नयाँ नयाँ मोर्चा खोल्ने क्रममा भेटघाटहरु हुने कुरा भइहाल्यो । ती भेटहरुमा हामीले हाम्रो आन्दोलन व्यवस्थित र सफल बनाउन कसरी सकिन्छ थुप्रै प्रकारका आ-आफ्ना विचारहरू आदान प्रदान गर्थ्यौ । कहिल्यै पनि आफ्नो अडान र सोचाइबाट कसैका अगाडी गल्दैन थियौ, ढल्दैन थियौ निडरका साथ आफ्नो स्पस्ट साथ आफ्नो धारणा राख्थ्यौ । साँचै तिम्रो रुपजस्तै मन थियो मन जस्तै नाम थियो र थियो नाम जस्तै विचार ।

२०७५ फाल्गुन २८ गते सामाजिक दलाल फाँसिस्ट सरकारले हाम्रो पार्टी माथी प्रतिबन्ध लगायो । सामाजिक दलाल फाँसिवादी शासकहरु जनताको पार्टी र आन्दोलनलाई क्षतविक्षत गर्न जनताको नेतृत्व र सेवक सिपाहीहरुलाई धरपकड, गिरफ्तार, हत्या तथा बेपत्ता बनाउने निकृष्ट बाटो अपनाउन लाग्यो तर आन्दोलन झन मजबुद बन्दै थियो त्यही आन्दोलनलाई सफल बनाउने महांसमरको यात्राको क्रममा हामी विद्यार्थी मोर्चाबाट आफ्नो भुमिका निर्वाह गर्दै थियौँ । २०७६ जेष्ठ १ गते विद्यार्थी दिबसको अबसरमा काठमाडौंको शान्तिबाटिकामा हजारौं विद्यार्थीको उपस्थितिमा प्रद्धशन सहित सभा भैरहेको थियो ।

कार्यक्रममा मित्र प्रज्वल र म संगै थियौं, र कार्यक्रमको अन्त्य तिर मलाई र मित्र प्रेम शाहीलाई प्रहरीले गिरफ्तार गर्यो, र मित्र प्रज्वल गिरफ्तारबाट जोगिनु भयो । हामीलाई दरबार मार्ग बृत्तमा राखिएको थियो । मित्र प्रज्वल संग हिरासतबाट टेलीफोनमा संम्बाद हुन्थ्यो । जेष्ठ १३ भोजपुरका कमरेड तिर्थ कुमार राईको हत्या विरुद्ध हाम्रो पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । भनेर जेष्ठ १२ गते करिब १२ बजे तिर मित्र प्रज्वलले भन्नुहुन्थ्यो । मैले राम्रो संग बन्दलाई सफल पार्नु भने । साँझको करिब ७ बजे एकजना प्रहरी हामी कहाँ आयो, तपाईंलाई थाहां भयो ? मैले र प्रेम जि ले के हो ? भनेर प्रश्न गरौं । तपाईंको पार्टीका ४ जना कार्यकार्ता बम बिस्फोट भएर मृत्यु भएको छ, र एकजना विद्यार्थी प्रज्वल शाही अर्को महांन भन्ने हो भन्यो प्रहरीले । म र प्रेम कमरेडलाई सपना जस्तो लाग्न थाल्यो । निशब्द, स्तब्ध, भावविह्वल , बिबश र विक्षिप्त भयौं । मृत्युु संधै अप्रिय हुन्छ ।

मित्र प्रज्वल गुमाउँदा असाध्यै पिडा भएको छ तर मन विचलित भएको छैन । प्रज्वलको सहादतले अपुरणिय क्षति भएको छ । परिवारले असल छोरा, हामीले असल मित्र, पार्टी र संगठनले एक कुशल इमान्दार योद्धा र देशले एक सपूत गुमाएको छ तर क्रान्तिले महान् सहिद जन्माएको छ । बलिदानीले विचलन, स्खलनलाई खबरदारी गरेको छ, त्याग समर्पणको भाव सिकाएको छ । क्रान्तिकारी दाबी गर्दैमा भइने कुरा होइन, त्याग, समर्पण र बलिदानी गरेर मात्र क्रान्तिकारी बन्न सकिन्छ भन्ने कुरा प्रज्वलले सावित गरिदिनु भएको छ । प्रज्वलसँगको सहकार्य त अब पाउने छैनौं तर उहाँको स्वर्णिम सपनासँग सहयात्रा गर्ने छौँ । प्रज्वलको मिलनसार स्वभाव, परिस्थितिको आँकलन क्षमता, क्रान्ति प्रतिको समर्पण, साहसी स्वभाव हाम्रो लागि शिक्षा हुनेछ ।

आज पनि त्यो दिन म सम्झन चाहन्न जुन दिन हामीले प्रज्वललाई गुमाएका थियौं, तर मेरो मानस्पटलमा त्यो दिन एउटा अप्रिय सपना बनेर दोहोरि रहन्छ । प्रज्वललाई सम्झन्छु मित्रता प्रतिको हार्दिकता, क्रान्ति प्रतिको दृढ निष्ठा, संघर्षमा साहस सायदै व्यक्तिमा होला । क्रान्तिको मार्गमा पाइला राख्ने बित्तिकै शासकको कडा दमन, यातना र आतंक भोग्नुपर्छ । व्यक्तिगत जिन्दगी ध्वस्त हुनसक्छ, मृत्युवरण गर्नुपर्ने हुनसक्छ हामीलाई थाँहा थियो । मित्र प्रज्वल र हामी सचेतता पुर्वक दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र मानवजातीको स्वर्णिम व्यवस्था वैज्ञानिक समाजवाद प्राप्त गर्ने सुन्दर सपनाद्वारा प्रेरित भएर चुनौतीको कठिन मार्ग स्वीकार गरेरै एकीकृत जनक्रान्तिको यात्रामा सहयात्री थियौं । क्रान्तिले बलिदानी माग्छ तर प्रीय मित्र प्रज्वल महान् बन्नुभयो । कयौं आशंकाहरुलाई मिथ्या सावित गरिदिनुभयो र आफूलाई अब्बल सावित गर्नुभयो । क्रान्तिकारी बन्ने स्पर्धामा हामी सबै थियौं, प्रज्वल महान् बन्नुभयो । त्याग समर्पण र बलिदानी महत्वपूर्ण हो भनेर सावित गरिदिनुभयो ।

विद्यार्थी आन्दोलनको गौरवमय ईतिहासमा १९९७ मा गंगालाल श्रेष्ठको बलिदानीले राजनीतिक अधिकारको संघर्षको धार निर्माण गरेको थियोे, २००८ मा चिनियाकाजी श्रेष्ठको बलिदानीले राष्ट्रियताको संघर्षको धार निर्माण गरेको थियोे, त्यस्तै २०२९ मा कामेश्वर यादव र कुशेश्वर यादवको बलिदानीले शैक्षिक आन्दोलनको धार निर्माण गरेको थियोे, १० वर्षे जनयुद्धमा सहिद बेनोज अधिकारी र वेपत्ता योद्धा पूर्ण पौडेलको बलिदानीले राज्यसत्ताको आमूल परिवर्तनको संघर्षको धार निर्माण गर्यो र २०७६ मा प्रज्वल शाहीको बलिदानीले दलाल एवम् निगम पुँजीवादी शिक्षाको विरुद्धको संघर्षको धार निर्माण गरेको छ ।

विद्यार्थी आन्दोलनको इतिहासमा मित्र प्रज्वल सुनौलो तारा बनेर चम्किरहनु हुनेछ, सुनौला अक्षरमा प्रज्वलको नाम दस्तावेजीकरण गरिनेछ । फुल, माला, अविर, मौनधारण र स्मरण मात्र औपचारिकता हो, प्रज्वल लगायत हजारौं सहिदको साँचो अर्थमा सम्मान दृढतापुर्वक क्रान्तिको मार्गमा हिड्नुमा हुनेछ । क्षेति अवस्य भएको छ, तर कमजोर हुने छुट हामी कसैलाई छैन । प्रज्वल हामीले गर्ने क्रान्तिको पहलमा जीवित हुनुहुनेछ र एकीकृत जनक्रान्ति मार्फत प्राप्त हुने वैज्ञानिक समाजवाद अमर हुनुहुनेछ । पद, प्रतिष्ठा, पैसाको लागि घात गर्ने छुट कसैलाई हुनेछैन । पुरा गर्ने दायित्व अब हाम्रो काँधमा छ । श्रमजीवी वर्गको मुक्तिका लागि क्रान्ति बाहेक अर्को विकल्प छैन, तसर्थ क्रान्तिको मार्गमा निरन्तर लागिरहने सबैले प्रण गरौँ ? उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली मित्र प्रज्वल ।

लेखक चन्द अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य हुनुहुन्छ ।