दुई छोराछोरीसहित महिलाको शव भेटियो

प्यूठान, प्यूठान नगरपालिका–१ चेरनेटा जंगलमा झुन्डिएको अवस्थामा तीन वटा शव भेटिएको छ ।सोमबार दिउँसो ‘माइत जान्छु’ भनेर हिँडेकी स्वर्गद्वारी नगरपालिका ९ की अन्दाजी ३२ वर्षीय गायत्री सुनार, ७ वर्षीया छोरी र ३ वर्षीय छोराको शव सालको रुखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।
माइतमा बिरामी आमा भेट्न भनेर हिँडेकी महिला र छोराछोरीको शव झुन्डिएको अवस्थमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले बताए । मल्लका अनुसार एउटै रुखमा तीनै जना अलग/अलग डोरीमा झुन्डिएका छन् ।

गायत्रीका श्रीमान रोजगारीको सिलििलामा भारतमा रहेकाले उनी छोराछोरीसहित घरमा बस्दै आएकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए । पोस्टमार्टमका लागि शवहरू जिल्ला अस्पताल बिजुवार ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।