कर्णालीका युवाद्धारा अस्पतालका विरामी कुरुवालाई निःशुल्क खाना

सुर्खेत,कणाली प्रदेशका युवाहरुद्धारा कर्णाली प्रदेश अस्पतालमा रहेका कोरोना विरामीका कुरुवाहरुलाई निशुल्क खाना वितरण कार्यक्रम सुरु भएको छ। रोगले मरेपनि भोकले मर्न नदिउ भन्ने हेतुका साथ “बिपतका सारथी” कर्णालीका युवा नामक समुह निर्माण गरि उक्त कार्यक्रमको सुरुवात गरिएको हो।

सो कार्यक्रमकी सदस्य ममता अधिकारीका अनुसार “कर्णाली प्रदेश अस्पतालमा कोरोना महामारीले जिवन मृत्युको शैय्यामा छट्पटाईरहेका विरामी तथा उनिहरुलाई स्याहार गरिरहेका आफन्तहरुलाई महाबिपतीको लडाई परास्त गर्न सहयोग गर्ने हेतुले प्रदेश अस्पतालमा रहेका विरामीका कुरुवाहरुलाई न्यानो खाना वितरण अभियान संचालन गरिएको वताईन्।”

अधिकारीका अनुसार “आजदेखी सुरु भएको यस अभियानमा ममता अधिकारी लगायतका पन्ध्रजनाको समुह रहेको छ। कर्णालीका दशै जिल्लाका विरामीहरु प्रदेश अस्पतालमा आउने भएकाले र निषेधाज्ञाको कारण सहजरुपमा कोरोनाका विरामी तथा कुरुवाहरुले खाना पाउने अवस्था नरहेकाले अभियान थालनी गरिएको वताईन्।”

यस अभियानमा देश तथा विदेशमा रहनुहुने नेपाली आमावुवा,दाजुभाई तथा दिदी वहिनीहरुको सहयोग महत्वपुर्ण हुने भन्दै सहयोगको अपेक्षा गरेको अधिकारीले जानकारी दिईन्।स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षित ढंगले अभियानको संचालन गरिने वताए।यस्तो विषम परिस्थितीमा कर्णालीका युवाद्धारा यो एक उदारणीय कार्य भएको छ।