नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टि

थप १९० जनाको मृत्यु

काठमाडौं,नेपालमा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २१६९५ र एन्टिजेन विधिबाट ३९३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

यस्तै, आज थप ६ हजार ५४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ ।

आज संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।