विप्लव नेकपाका नेता चलाउने र मेयर राणा बिच भेटबार्ता

नेपालगंन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दिपक’ र राप्रपाका केन्द्रीय महांमन्त्री तथा नेपालगंन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसमशेर राणा बिच भेटबार्ता भएको छ। पार्टीका बाँके र बर्दिया जिल्ला इन्चार्ज समेत रहेका नेता चलाउने र मेयर राणा बिच बिहिवार भेट भएको हो।उहाँहरू बिच बाँके जिल्लामा पछिल्लो समय समुदाय स्तरमा व्यापक रुपले फैलिरहेको कोरोना महाँमारीको संक्रमण न्युनिकरण र देशको बर्तमान समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताईएको छ।

पछिल्लो समय देशैभर बिशेषत बाँके जिल्लामा बढदै गएको कोरोना महामारीको न्युनिकरणको लागी चालेका कदमहरू र चाल्न सकिने सम्भावित कदमहरूको बारेमा उहाँहरूबिच छलफल भएको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिबि शाहीले जानकारी दिए।

नेकपाका नेता चलाउनेले जिल्लाका अधिकाधिक जनतामा संक्रमण फैलिसकेको र कैयौं गुणा ठुलो संख्या जाँच बिना नै घर-घरमा रहेको बताउदै परिक्षणको दायरा बढाएर संक्रमितको उपचारको व्यवस्था गर्ने र महामारी नियन्त्रणको लागि सबै पक्ष्य अझै गम्भीर बन्नु पर्ने सुझाब दिएका छन्।

उनले महामारी नियन्त्रणको लागी आवस्यता अनुसार सबै क्षेत्र संग आवस्यक समन्वय गर्न पनि मेयर राणालाई सुझाब दिएका छन् । यसको लागी आफ्नो पार्टी सवै क्षेत्र संग समन्वय र सहयोग गर्न तयार रहेको पनि बताए।

सरकार र नेकपाको बिचमा भएको बार्ताको क्रममा नेकपाको तर्फबाट बार्ताटोली टोलिका सदस्य समेत रहेका नेता चलाउने र डा. राणा बिच देशको बर्तमान र राजनीतिक अवस्था, सरकार-नेकपा बिचमा भएको बार्ताको बिषयमा पनि कुरा भएको बताएको छ।