भान्सा र अस्पतालमा एकै पटक सिलिण्डरको अभाव

सुर्खेत,गरिवका झुपडीमा खाना पकाउने ग्यासको आभाव र अस्पतालमा अक्सिजनको अभाव एकै पटक सिर्जना भएको छ। गतवर्षको लकडाउनको तितो अनुभव कम नहुदै यो वर्षपनि गरिवको पिडा झन चुलिएको छ। गरिवलाई कारोना महामारीले भन्दा भोकमारीको पिडाले अत्यन्तै सताईरहेको छ।अस्पतालमा अक्सिजनको सिलिण्डर नपाएर छटपटाउने पनि गरिवनै हुन्।

विगतको लकडाउनमा सरकारले राहतको नाममा गरिवमाथी ठुलो राजनिती गरेको थियो। तर त्यो राजनिती पनि यो वर्षको राजनैतिक घटनाक्रमले सिध्याइदिएको छ।अहिलेसम्म कुनैपनि तवरवाट राहत आएको देखिदैन। पार्टिका नेता देखि कार्यकताहरुलाई कसरी नेतृत्व हातपार्ने सपना मात्र देखिरहेका छन्। मजदुर र श्रमिकहरुको चुल्होमा खानाको लागि खाद्यान्न नत पकाउने ग्यासनै रहेको छ।

कमाएर खाने श्रमिकको लागि निषेधाज्ञा लागिरहेको छ।कालोवजारी गर्नेहरुले भने धमाधम व्यापार गरिरहेका छन्। ठाउँठाउँमा दैनिक जसो कालोवजारीहरु प्रहरीको फन्दामा परिरहेका समाचार सार्वजनिक भईरहेका छन्।अस्पतालको शैय्यामा छटपटाईरहेका विरामीहरुको मर्मस्पर्सी अभिव्यक्ति सामाजिक संन्जालमा आईरहेका छन्।

भेन्टिलेटर तथा अक्सिजनको अभावले मर्ने अवस्थामा पुगेको उदृढ गर्दै काठमाडौँमा उपचाररत सुर्खेतका एकजनाले लेखेका थिए।”वाँचिएछ भने फेसवुकमा अर्को पोष्ट गरौँला नत्र यो मेरो अन्तिम पोष्ट हो”। सरकारले लासमाथी राजनिती गरिरहेको प्रष्ट देखिएको छ। सरकारका एकजना मन्त्रीले पसुपति आर्यघाटमा दाउराको अभाव हुन नदिने निर्देशन दिईरहेका छन्।तर अस्पतालको वेडमा छटपटाईरहेका कोभिडका विरामीलाई भने अक्सिजनको कमी नहोस् भन्न सकिरहेका छैनन्।

कोरोनाको नाममा वजेटको ओइरो लगाईरहेको छ।तर कोरोनाका विरामीले सेवा पाईरहेका भने पक्कै छैनन्।हस्पिटलको वेडमा छट्पटाईरहेका बिरामी तथा घरमा भोकमारीले पेट थिचिरहेका जनताको विषयमा गम्भीर भएर सोच्न सवै निकायहरुले जरुरी देखिन्छ।