राष्ट्रियसभा उप-निर्वाचनमा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने

के प्रदेश प्रतिनिधीमा कोरोना नहुने हो त ?

काठमाडौं,राष्ट्रियसभाको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ। मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले बताएको छ।

वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए। बिहान ९ बजेदेखि शुरु हुने मतदान प्रक्रिया अपराह्न ३ बजे सकिने भएको छ।

वाग्मती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा९एमाले०का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचनका लागि गृहमन्त्री थापासहित एमाले नेता कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, कृष्णबहादुर राईलगायत नेता आज हेटौंँडा आएका छन्।