मुगुमा बन्नेभए बहुप्रतिक्षित दुईवटा मोटरेवल पुल

मुगु, मुगु जिल्लामा वहुप्रतिक्षित दुईवटा मोटरेवल पुल बन्ने भएका छन्। जिल्लाको दुईवटा फरक-फरक स्थानमा मोटरेवल पक्कि पुल बन्न लागेको हो।

मुगु-बाजुरा जोडने झुगला मोटरेवल पुल बन्ने स्थान

मुगु क्षेत्र १(ख) बाट प्रदेसभामा प्रतिनिधित्व गर्ने सांसद चन्द्र बहादुर शाहीको पहलमा जिल्लाको खत्याड गाउपालिका देखि बाजुराको हिमाली गाउँपालिका जोडने २० करोड ५० लाख लागतको झुगला मोटरेवल पुल र मुगुको सोरू गाउँपालिक देखि हुम्लाको अदान्चुली गाउँपालिका जोडने १९ करोड ५८ लाख लागतको दोमुख मोटरेवल पुल निर्माणको कार्य अघाडी बढाइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णाली प्रदेश योजना आयोगलाई पत्र लेख्दै भौतिक पुर्वाधार विकाश मन्त्रालयबाट स्रोत सुनुश्चिताका लागि अनुरोध भई आएका योजनाहरूलाई चालु आर्थिक बर्षमा बजेट व्यवस्था भएका आधारमा क्रमागत आयोजनाको रूपमा सम्बन्धित मन्त्रालयको नियमित बजेट सिलिङबाट आगामी आर्थिक बर्षमा बजेट ब्यवस्था हुने गरी नियमानुसार शर्त सहित स्रोत सुनिश्चितताको प्रदान गरिएको जानकारी दिएको छ।

भौतिक पुर्वाधार विकाश मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले पुर्वाधार विकाश कार्यालय मुगुलाई जेठ ४ गते पत्र लेख्दै तपसिलका बहुपबर्षिय योजनाहरूको ठेक्का प्रक्रिया अघाडी बढाउन थप स्रोत सुनिश्चितता गर्ने र क्रमागत आयोजनाको रुपमा प्रचलित मापदण्ड प्रक्रियाको पालना गरी ठेक्का प्रकृया अघाडी बढाउन निर्देशन समेत जारी गरेको छ।