अछामका सांसद बोगटीद्धारा मंगलसेन अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

अछाम, अछामबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटीले मंगलसेन अस्पताललाई स्वास्थ सामग्री सहयोग गरेका छन् ।अछाम निर्बाचन क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बोगटीले कोरोना आक्रमणको दोस्रो लहरले देशको अधिकांश भाग लपेटिसकेको अवस्थालाई मध्यनजर गर्दै अछाम जिल्लामामा पनि कोरोना संक्रमितको उपचार सहजताको लागी जिल्ला अस्पताल मंगलसेनलाई उपचारको लागि आवस्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेका हुन।

सांसद बोगटीले जिल्ला स्वास्थ्य कार्यालयलाई केही अक्सिजन सिलिण्डर लगाएतका अन्य आवस्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन्।

अहिले सामान्य भएपनि सहयोग गरेको र आफु जहिल्यै अछाम र अछामी जनताको लागि पर्ने प्रतिबद्धता जनाए। उनले कोरोनाको फैलावट समुदाय स्तरमै फलिसकेकोले यस महामारीबाट जोगाउनका लागी आफु अहोरात्र खटिरहेको बताउदै सांसद बोगटीले सम्पुर्ण जनतालाई महामारीमा समयमा स्वास्थ्यका सुरक्षित मापदण्डहरू पालना गर्न आग्रह गरेका छन्।