पचालझरनामा कोरोना नियन्त्रणको लागि सचेतना अभियानको सुचारू

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले कोरोना नियन्त्रण गर्न टोलटोलमा सचेतना अभियानको सुरूवात गरेको छ।पछिल्लो समय ग्रामीण स्तरमा बढदै गरेको कोरोनाको महामारी संक्रमणलाई मध्यनजर गर्दै वडास्तरका विपद समितिहरूलाई सक्रिय पारेर महामारी बाट बच्न जनचेतनामूलक कार्यक्रमको थालनि गरेको हो।

कोरोनाको बढदो संक्रमणलाई मध्यनजर गर्दै पालिकाको बिपद, प्रशासन र सुचना तथा प्रबिधी सेवा बाहेकका अन्य सम्पूर्ण कामहरू बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलले जानकारी दिए।

त्यसैगरि गाउँपालिकाले कोरोना रोकथामका लागि टोल स्तरीय सचेतना सन्देश, माइकिङ तथा प्रचारप्रसार सुरु गरेको छ।

पालिका भित्रका सम्पूर्ण ग्रामिण भेगका जनताको स्वास्थ अबस्था बुझ्नुका साथै जिल्ला बाहिरबाट आएका स्थानियको पिसिआर परिक्षण गरिने गाउँपालिकाका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए।

जेठ ७ गते पालिकाको ३ वटा स्थानमा करिब १२५ जनाको पिसिआर परिक्षण गर्न थालिएको पनि अध्यक्ष सेजुवालले जानकारी दिए। साथै कोरोनाको संकेत देखिएकालाई अनिबाय पिसिआर परिक्षणको लागि आउन समेत अनुरोध गरेका छन्।

यश अधि गाउँपालिकाले ६७ जनाको पिसिआर परिक्षण गर्दा १३ जनामा पोजिटिभ देखिएको थियो।