नेकपाका नेता धम्रेन्द्र बास्तोललाई कोरोना संक्रमण

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धम्रेन्द्र बास्तोला ‘कंन्चन’ लाई कोरोना संक्रमण पुष्टि भएको छ। उक्तपार्टीका उच्च स्तरीय प्रभापसाली नेता मध्यका बास्तोलाले आफु कोरोना संक्रमित भएको पुष्टि गरेका हुन् ।पार्टीका सचिबालय सदस्य तथा बिदेश बिभाग प्रमुख समेत नेता बास्तोलाले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफु संक्रमित भएको जानकारी दिएका हुन्।उनले पीसीआर परिक्षण गर्दा कोबिड-१९ को पोजेटिभ रिपोर्ट आएको जानकारी दिदै मे १ देखी यता आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई बिशेष साबधानी अपनाउन समेत अनुरोध गरेका छन्।

नेता बास्तोलालाई ज्वरो लगायत स्वास्थ्यमा सामान्य लक्षणको समस्या देखिएपछी पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। हाल उहाँको अबस्था सामान्य रहेको बुझिएको छ।