बाँकेमा पुन लम्बियो निषेधाज्ञा

जेठ १० गते राती १२ बजेसम्म जारी

नेपालगन्ज,बाँके जिल्लामा पुनःजेठ १० गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा थपिएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार वैशाख १३ गतेदेखि पहिलो पटक जारी गरेको निषेधाज्ञा थप गरिएको हो।कोरोना संक्रमण नियन्त्रण नभएकोको कारण पुनः निषेधाज्ञा थपिएको बताइएको छ।पछिल्लो पटक बाँके जिल्लामा कोरोना संक्रमित र मृत्युदर हेर्दा देशमै सबैभन्दा उच्च रहेको छ।

पहिलो पटक बैशाख १३ गते देखि जारी गरिएको निषेधाज्ञा पटक पटक गरेर थपिदै आएपनि संक्रमण दर कम हुनु पर्नेमा दिनप्रतिदिन बढनाले सबैतिर चिन्ता बढिरहेको छ ।