पचालझरनाले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने

कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता दिने निर्णय गरेको छ।आईतबार पालिका संकट व्यवस्थापन समितीको बैठकले विभिन्न राजनितीक दलहरुसंगको सुझाव सहित सो निर्णय गरेको थियो।

कोरोना माहामारी रोकथाम र नियन्त्रण गर्न सरकारले मात्र एक्लै सम्भव नहुने भएकाले सवै राजनितकि दल,वुद्धीजिवीहरु संग सल्लाह र सुझावमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न यो समयमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ५० प्रतिशत प्रोत्सान भत्ता उपलब्ध गराउने,गाउँपालिकाको एम्बुलेन्स मर्मत गरी ततकाल संचालनमा ल्याउने,यदी मर्मतमा हुन ढिलाई हुने भए भाडामा भएपनी गाडिको व्यवस्था गरि तत्काल बिरामी ओसार पोसार गर्ने, वडा संकट व्यवस्थापन समीती क्रियाशिल बनाएर माहामारी नियन्त्रण गर्न अधिकतम पहल गर्ने,गाउँपालिकामा अक्सिजन सहितका आइसोलेन वार्डहरु तयारी अवस्थामा राख्ने, अक्सिजनको पुर्व तयारी गर्ने लगायतका निर्णय भएको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए।

महामारी सवैको साझा समस्याहरु भएकाले सवैको सहयोग र सल्लाह आवश्यक पर्ने भएकाले बैठक गरिएको हो।बैठकले गाउँपालिकामा विपद् व्यवस्थापन समिती कोष पनी खडा गर्ने निर्णय भएको जानकारी समेत दिए।पछिल्लाे समय गाउँपालिकाले कोरोनासंग लड्नको लागि तिब्र तयारी थालेको छ ।