बागेश्वरी क्याम्पसमा पदभार तथा धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न

कोहलपुर, मध्यपश्चि विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा नवनियुक्त क्याम्पस प्रमुखको पदभार तथा धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।कोभिड-१९ महामारीको समयमा कोहलपुरमा उपलब्ध हुनुहुने प्राध्यापक तथा कर्मचारीहरु भौतिक रुपमा नेपाल सरकारको स्वाथ्य मापदण्डको पालन गरेर भौतिक उपस्थित भएका थिए भने कोहलपुर वा बाँके जिल्ला बाहिर बसोबास गर्दै आउनु भएका प्राध्यापक तथा कर्मचारीहरुलाई अनलाईन जुम र भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै पूर्व क्याम्पस प्रमुख श्री खगराज पन्त, रमेशचन्द्र अभिकारी तथा धुर्वकुमार अधिकारीले नवनियुक्त क्याम्पस प्रमुखलाई बधाई तथा निवर्तमान क्याम्पस प्रमुख लाई धन्यावाद ज्ञापन गरेका थिए । क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक बनाउन पहल गरेको, क्याम्पसमा स्नातकोत्तर तहमा विषय थप गरेको, क्याम्पसको भौतिक अवस्थालाई विभिन्न संघसंस्था तथा व्यक्तिबाट आर्थिक माग गरेर भौतिक पूर्वाधार निर्माणमा निकै सहयोग गरेको क्याम्पसका विविध समस्याहरु लगायत हरेक कार्यमा सक्रिए सहभागिता भएर आर्थिक, शैक्षिक, भौतिक विविध पक्षमा निकै मेहनत गरेर सम्पन्न गर्न सफल निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई धन्यावाद ज्ञापन गरेका थिए भने नवनियुक्त क्याम्पस प्रमुख दान बहादुर हमाललाई कोभिड-१९ को विचमा निकै चुनौति रहेतापनि अवसर प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका थिए । साथै क्याम्पस भित्र रहेका विविध समस्याहरुलाई निराकरण गरेर आगामी दिनमा QAA प्राप्त क्याम्पस बनाउन जोड दिनु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले आफु सहायक क्याम्पस प्रमुख हुदै पब्लिक क्याम्पसको क्याम्पस प्रमुखबाट मध्यपश्चिम विश्वविद्यालयको क्याम्पस प्रमुख हुदा निकै चुनौतिपूर्ण भएपनि आफुले संस्थाको विकासको लागि अहोरात्र लागि परेको र नवनियुक्त क्याम्पस प्रमुखमा त्यो जिम्मेवारी आजका दिनदेखि आएको कुरालाई स्मरण गराउदै क्याम्पसको बृहत्तर विकासमा लाग्न समेत सुझाव दिएका थिए । आफुले सकेसम्म धेरै काम सम्पन्न गरेको र आफुले गर्न बाँकि कामलाई आगामी दिनमा सम्पन्न गर्न लागी आफनो आवश्यकता महसुस भएमा फेरी पनि अहोरात्र सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।
त्यसैगरी आफनो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण प्राध्यापक तथा कर्मचारी लगायत पूर्व सञ्चालक समितिका अध्यक्षहरु लगायत क्याम्पसलाई यो स्थान सम्म ल्याउन पहल गर्ने सम्पूर्णलाई आभार तथा धन्यावाद समेत दिएका थिए ।

त्यस्तै नवनियुक्त क्याम्पस प्रमुख दान बहादुर हमालले आफुले विश्विद्यालयमा भिजन मिशन र गोल सहिरुपमा पेश गरेको QAA लाई आफनो पालामा सम्पन्न गर्ने, १३ वटा आफना भिजनलाई क्याम्पसको बृहत्तर विकासको लागी काम गर्ने प्रतिवद्दता समेत विश्वविद्यालय समक्ष पेश गरेकाले यस कार्यमा आफुलाई सहयोग गर्न सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई आग्रह गरेका थिए । साथै उनले हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालय तथा हाम्रो क्याम्पस राम्रो क्याम्पस सबैको क्याम्पस बनाउने कामममा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

आफु अभ्यास समिति प्रमुख, विभागीय प्रमुख तथा दुई कार्यकाल प्राध्यापक संघको सभापति भएर क्याम्पस प्रमुखलाई माग पत्र पेश गर्दा र हाल क्याम्पस प्रमुखमा नियुक्त भएपछि ति मागहरुलाई केलाएको र सबै समस्याहरु नजिकबाट समेत बुझेकोले क्याम्पस प्रती लगाव भएर सबैको साथ तथा सहयोगमा अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले क्याम्पस प्रमुखको जिम्मेवारीमा बस्दै गर्दा कसैका व्यक्तिगत कुरा भन्दा पनी संस्थागत कुरा लिएर आए साझा माग ठानेर अगाडी बढ्ने तथा आफु पदमा रहुन्जेल सम्ममा कुनै राजनितिक संघसंगठनलाई च्यापेर नजाने समेत प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा शिक्षण समिती प्रमुखहरु अनुप शाही, खोपीराम वली क्षेत्री, प्रमोद सुवेदी, लगायतले बधाई तथा धन्यावाद दिएका थिए । त्यस्तै कार्यक्रलाई प्रगतिशिल प्राध्यापक संघका अध्यक्ष ज्ञानेन्द्र शाही, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापती टेकेन्द्र कुमार महतरा तथा नेपाल राष्टिय प्राध्यापक संघका अध्यक्ष ललित प्रकाश चन्द लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

राष्टिय गान बाट सुरु गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य भने प्रशासकिय अधिकृत वेदराज लम्सालले गरेका थिए ।

कार्यक्रम सञ्चालन गर्दै पाठ्यक्रम तथा मूल्याङ्कन शिक्षण समिति प्रमुख एकराज शर्माले निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले १२ घण्टा क्याम्पसमा आफनो समय व्यथित गरेको, सहायक क्याम्पस प्रमुख उहाँको पालामा नभएपनि क्याम्पसमा अहोरात्र लागेर क्याम्पसको रजतजयन्ति सम्पन्न गरेको, विविध विषयहरु थप गरेको, प्राध्यापकको हित हुने गरी काम गरेको, राम्रो भौतिक व्यवस्थापन गरेको, पब्लिक क्याम्पसलाई आगिक क्याम्पस बनाउन सफल भएकोमा धन्यावाद दिएका थिए भने नवनियुक्त क्याम्पस प्रमुलाई कुनै संघसंगठनको रंग देखिने गरेर काम नगरी सबैको साझा भएर काम गर्न, QAA लाई सम्पन्न गर्न, आगामी दिनमा अरु नयाँ विषयहरु थप गर्न, विद्यार्थी तथा प्राध्यापकबाट आएका मागहरुलाई तत्काल सम्बोधन गर्न र हाम्रो क्याम्पस राम्रो क्याम्पस बनाउने नारालाई सहजरुमा अगाडी बढाउन शुभकामना दिदै कार्यक्रमको सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा क्याम्पसका सबै प्राध्यापक तथा कर्मचारीहरुको उपस्थित रहको थियो । दिउसो १ बजे सुरु भएको कार्यक्रम अपराह् ४ बजे पदभार सहित सम्पन्न गएिको थियो । पदभार निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्माले गराएका थिए ।

केही दिन पहिले मात्रै मध्यपश्चिम विश्वविद्यालयले विभिन्न संकायका डिन, कार्यक्रमका डाईरेक्टर लगायत ९ वटा आंगिक क्याम्सका क्याम्पस प्रमुखहरुको नियुक्त गरेको थियो ।