‘राधे’ पाइरेसी गर्नेलाई कारबाही हुने

एजेन्सी,चलचित्र राधे अनलाइनमा पाइरेसी गर्नेप्रति बलिउड अभिनेता सलमान खानले आक्रोश पोखेका छन् । गैर कानुनी रूपमा चलचित्रलाई पाइरेसी गर्ने माथि साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लीने बताएका छन् सामाजिक सन्जाल ट्विटर मार्फत सो खबरलाई उनले जानकारी गराएका हुन्।ट्विटरमा, हामीले तपाईँहरूलाई ‘राधे’ पे भ्यू २ सय ९९ रुपैयाँको एकदमै कम मूल्यमा देखाएका छौँ ।

यसका बाबजुद पनि चलचित्र गैर कानुनी रूपमा पाइरेसी भएको छ। यो एक गम्भीर अपराध हो। साइबर सेल पाइरेटेड साइट्सविरुद्ध एक्सन लिँदै छ । कृपया पाइरेसीमा सामेल नहुनुहोस्, यसमा आबद्ध पाइएमा साइबर सेलले कारबाही गर्नेछ ।’ भनेर लेखेका छन् । कोरोनाका कारण बिहीबारबाट चलचित्र भारतका केही हलसँगै ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज गरिएको थियो ।

प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रलाई समीक्षकले भने निकै कमजोर प्रतिक्रिया दिएका छन् । कमजोर प्रतिकृया पाएतापनी चलचित्रले रिलिजको पहिलो दिन नै ४।२ मिलियन भ्यूजको इतिहास बनाएको सलमानले उल्लेख गरेका छन्। चलचित्रमा दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डाको पनि अभिनय छ।