बाँकेमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाँउपालिका ९ ढकेरीमा सडक दुर्घटना हुँदा २ युवाको ज्यान गएको छ ।आईतबार दिउँसो ४ बजेको समयमा पुर्वतर्फ जाँदै गरेको ना६ख ४९०९ नम्बरको ट्रकमा पश्चिम दिशाबाट आउदै गरेको से३प ३२४१ नम्बरको मोटरसाईकल ठोक्कीदा मोटरसाईकलमा सवार दुबै युवाको ज्यान गएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

राप्तीसोनारी गाँउपालिका ९ स्थित झिझरी खोला नजिकै भएको सवारी दुर्घटनामा राप्तीसोनारी गाँउपालिका ८ का १९ वर्षिय कृष्ण प्रसाद थारु र सोही ठाँउका २८ वर्षिय किरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट गम्भीर घाईते भएका दुबैलाई उद्धार गरी भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । अस्पतालमा उपचार भईरहेकै अवस्थामा दुबैको मृत्यु भएको हो ।

प्रहरीले दुर्घटनास्थलबाट ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवशयक कारबाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।