शुक्रबार मात्रै बाँकेबाट ३२३ जना ‘डिस्चार्ज’

निको हुने संख्या ११ हजार नाघ्यो

नेपालगन्ज, बाँके जिल्लामा कोभिड-१९ को दोस्रो लहर बढे संगै निको हुनेको दर पनि बढि रहेको छ।

जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घन्टामा मात्रै १४८ महिला र १७५ पुरुष गरी ३२३ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन्।

यो संगै बिहिबार सम्म बाँके जिल्लामा कोरोनामुक्त हुनेको संख्या ११ हजार १७२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा दैशैभरबाट ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।