बिचलित भए सरकार तिम्रो घातबाट

बिचलित भए सरकार तिम्रो घातबाट

तड्पे अक्सिजन बिना हिजो रातबाट,
बिचलित भए सरकार तिम्रो घातबाट।

उनले हजार फुलमाला लगाएका थिए,
भन्नुहोस के फरक पर्छ एक लातबाट।

कुरा बुझेका छैनन् धेरैले रुखका पनि,
बुझ्न जरुरी छ जरा बाँच्दछ पातबाट।

उनको भेटी कुनै अरुले नै चढाउनु पर्छ,
जुन मन्दिर बनेका हुन उनकै हातबाट।

सबै कुरा बिग्रेको छन जान्दिन,भन्दिन,
केही केही बिग्रेको छ धर्म र जातबाट।

समृद्धी असफल देखायो संघियताले,
कुर्सी तानातानको कथा र बातबाट।