अलमलमा पर्नुहुन्नः रामकुमारी झाँक्री

काठमाडौं,नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छन्।बिहिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता चलिरहेको बेला झाँक्रीले यस्तो बताएकी हुन्।

‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन।’ झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेकी छन्, ‘जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।’

२०७५ जेठ २ को अवस्थामा पार्टीलाई नफर्काए नेपाल पक्ष राजीनामा दिने तयारीमा छ ।