ओलीले चार नेतालाई पठाए पत्र

काठमाडौं,एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित चारजना नेताहरुलाई कारबाही फुकुवा गरेको जानकारी गराएका छन्।ओलीले बिहिबार दिउँसो चारै नेतालाई कारबाही फुकुवा गरेको पत्र नेताहरुलाई पठाएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।एमालेले गत चैत १६ गते नेता नेपाल र रावललाई साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

त्यस्तै, चैत १९ गते भुसाल र पाण्डेलाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई पार्टीले निलम्बन गरेको थियो ।