देउवा-प्रचण्डबीच २० मिनेट छलफल

समयमै बहुमतसहित सरकारको दावी पेश गर्ने

काठमाडौं,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ।

बुढानिलकण्ठमा भएको छलफलमा दुई नेताबीच समयमै नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने सहमति भएको छ। देउवा र प्रचण्डबीच जसपा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबारे पनि छलफल भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आज राति नौ बजेसम्म दावी पेश गर्न दलहरूलाई आव्हान गरेकी छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका नेताहरु पनि अहिले भक्तपुरमा छलफल गरिरहेका छन् ।