महन्थ ठाकुर पक्षका सांसद रिसोर्टमा

काठमाडौँ,जसपाका महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन्।

बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा राखेका हुन् ।१७ सांसदमध्ये १३ जना सांसद् रिसोर्टमा रहेको एक स्रोतले जनाएको छ।सांसदहरूलाई रिसोर्टमा व्यवस्थापन गर्न वरिष्ठ नेता राजेन्द्र महतो पनि साथमै रहेका छन्। कुन रिसोर्टमा भन्न मिल्दैन।

यहाँ राजेन्द्र महतो पनि हुनुहुन्छ। सबै व्यवस्थापन गरेर उहाँ फर्किनुहुन्छ, एक सांसदले भने।जसपाका बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गरे पनि ठाकुरले १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराउन सकेका हुन् ।