बूढानीलकण्ठमा ओली–नेपालबिच वार्ता

काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। ओली र नेपालबीचको वार्ता बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा वार्ता सुरु भएको हो।

आज दिउँसो ४ बजे वार्ताको समय तय भएको बताएपनि त्यसअघि नै दुई जनाबीच भेटवार्ता शुरु भएको हो। स्रोतका अनुसार माधव नेपाल पक्षले आज ४ बजेसम्मको अल्टिमेटम दिएकाले त्यसअघि नै उनीहरु वार्तामा बसेका हुन्।

नेपाल पक्षका सांसदले पदबाट राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री र नेपालबीचको भेटवार्ता भएको हो। आज बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर भेट गर्नका लागि प्रस्ताव गरेका थिए।