महन्थ ठाकुर र देउवाबीच छलफल जारी

काठमाडौं,वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसेका छन्।

बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसमेत सहभागी छन्। वैकल्पिक सरकार गठनमा निर्णायक देखिएको जसपाको ठाकुर पक्षले तटस्थ रहने बताउँदै आएको छ।

ठाकुर पक्षलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने देखिन्छ । उता जसपानिकट स्रोतले भने एमालेको माधव नेपाल पक्षले राजीनामा दिने सम्भावना टर्दै गएकोले वैकिल्प सरकार जसपाकै नेतृत्वमा बनाउनेबारे बैठकमा प्रस्ताव हुनसक्ने जनाएको छ ।